
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले व्यक्त गरेको धारणाप्रति कडा टिप्पणी गरेका छन् ।
शनिबार पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सिफारिस प्रक्रियालाई लिएर भइरहेको आलोचनाको प्रतिवाद गरे ।
प्रधानन्यायाधीश सिफारिसमा परम्परा तोडिएको र असंवैधानिक भनिएकोमा असन्तुष्टि जनाउँदै लामिछानेले वरिष्ठतम व्यक्तिलाई मात्रै सिफारिस गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने जनाए ।
‘यदि वरिष्ठतम व्यक्तिलाई मात्रै सिफारिस गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो। ६ जनाको नाम पठाएर हामीले दलीय भागबन्डाको परम्परा तोड्ने प्रयास गरेका हौँ,’ रविले भने’मेरो रिस छ भने मेरो गर्धन त्यही छ, हतियार चलाउनुस्।’
उनले अदालतलाई यस विषयलाई हाँसोको विषय नबनाई नागरिकलाई व्यवहारिक न्याय दिन आग्रह गरे ।









प्रतिक्रिया