
काठमाडौं । एउटा प्रयोजनको लागि वर्गीकरण गरिएको जग्गा एक पटकको लागि परिवर्तन गर्न पाइने सुविधा सरकारले दिएको छ । सरकारले भूउपयोग ऐन २०७६ लाई संशोधन गरेर एक पटकको लागि स्थानीय भूउपयोग परिषदले जग्गाको प्रयोजन परिवर्तन गर्न दिने उल्लेख छ ।
स्थानीय भूउपयोग परिषद्ले भूउपयोग परिवर्तन गरी कायम गरिएभन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भएमा सोको आधार र कारण खुलाई पुनः स्थानीय भूउपयोग परिषद् समक्ष निवेदन दिनुपर्नेछ ।
प्राप्त निवेदनको व्यहोरा मनासिव देखिएमा स्थानीय भूउपयोग परिषद्ले प्रादेशिक भूउपयोग परिषद्समक्ष अनुरोध गर्नु पर्ने व्यवस्था पनि भएको छ ।









प्रतिक्रिया