
काठमाडौं । पोखरामा रहेको भाटभटेनी सुपर स्टोर आज वैशाख २१ गते, सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनी सुपर मार्केटले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकहरूलाई सेवा पुनः सुचारु भएको जानकारी दिएको हो ।
स्टोर सञ्चालनका बारेमा जानकारी दिँदै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलले आजैदेखि स्टोर दैनिक रूपमा बिहान १०:०० बजेदेखि नियमित रूपमा खुल्ने बताए ।
उनले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत दोहोर्याए।
लामो समयदेखिको विश्वास र सहयोगका लागि ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै सुपर स्टोरले आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा राखेको छ।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा पोखरास्थित भाटभटेनीमा आगजनी भएको थियो ।









प्रतिक्रिया