
काठमाडौं । युनिभर्सल इन्स्टिच्यूट अफ एड्भान्स स्टडिज एन्ड रिसर्चको आम्दानी ५ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा ५ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ६३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ३९ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले गत आवमा २५ प्रतिशत सञ्चालन नाफा कमाएको छ । कम्पनीअनुसार पछिल्लो तीन वर्षमा लगातार ५ प्रतिशतले कारोबार बढेको उल्लेख छ । कम्पनीको आम्दानी गत आवमा हस्पिटल सेग्मेन्टको कारोबार बढेको उल्लेख छ ।
सन् १९९८ मा स्थापना भएको कम्पनीले निजी मेडिकल कलेज र टिचिङ हस्पिटल सञ्चालन गर्दै आएको छ । कम्पनीले रुपन्देही जिल्लाको सिद्धार्थनगरमा ५ सय शैय्या सुविधाको हस्पिटल सञ्चालन गर्दै आएको छ ।
विश्वविद्यालय सम्बद्ध रहेको मेडिकल र त्यससम्बन्धी कोर्सहरू सञ्चालन गर्दै आएको छ । मेडिकल कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बी फर्मा र अन्य ग्राज्यूएड र पोस्टग्राज्यूएड कोर्सको शैक्षिक सेवा दिँदै आएको छ ।
गत आवमा विदेशी विद्यार्थीको कोटाका लागि शुल्क संशोधन गरी ३३ प्रतिशत पुर्याएकाले कलेजको आम्दानी वृद्धि भएको छ ।
लर्ड बुद्ध एजुकेशन एकेडेमीको ३८ प्रतिशत स्वामित्व रहेको कम्पनीमा एभरेष्ट कलेज अफ मेडिकल साइन्स प्रालि ६० प्रतिशत स्वामित्व छ ।
रमेश शर्मा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १७ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १३ करोड रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया