
काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ ।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।
यसअघि, अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेका थिए ।
सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेका व्यवसायीत्रय दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासँग नाम जोडिएपछि उनलाई महानिर्देशबाट हटाइएको हो ।









प्रतिक्रिया