बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षका लागि १२ मध्ये ३ जना सिफारिस

91
Shares

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

अध्यक्ष पदका लागि सिफारिस हुने उम्मेदवारहरूमा पहिलो नम्बरमा डा. विकास अधिकारी (कास्की–८, कास्की), दोस्रोमा डा. आनन्द सिंह भाट (पाटन–३, बैतडी) र तेस्रोमा संगिता यादव (विष्णुपुर गाउँपालिका–१, सिरहा) रहेका छन्।

मन्त्रालयले आह्वान गरेको दरखास्तपछि १२ जनाको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा अन्तिम नामावली सार्वजनिक गरिएको हो ।

अब सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले समितिको अध्यक्ष पदमा नियुक्त गर्नेछ।