
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अगाडि नबढ्ने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै पनि विधेयक सरोकारवालासँग छलफल गरेर मात्रै अगाडि बढाउने प्रणालीको शुरूवात गर्न आफूहरू सफल भएको बताएका हुन् ।
अध्यक्ष दाहालले सरोकारवालाको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसदमा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिए । उनले संसदमा विधेयक आउँदा जसरी आएको भएपनि संसदमा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने बताए ।
अध्यक्ष दाहालले संसदमा ४० प्रतिशत भन्दा बढि युवाहरूको प्रतिनिधित्व हुनु गर्वको विषय भएको पनि बताए ।











प्रतिक्रिया