थापाथलीको सुकुम्बासी बस्ती हटाउन सुरू

56
Shares

काठमाडौं । सरकारले थापाथलीमा रहेको बागमती नदी किनारका सुकुम्बासी बस्ती डोजर लगाएर हटाउन सुरू गरेको छ ।

सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर चलाइएको हो ।

थापाथली र सो क्षेत्रमा सम्भावित झडप हुन नदिन पोलमा सीसीटिभी र सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । बस्तीमा पुगेका नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीहरू सुकुम्बासीहरूका सरसामान सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन् ।

शुक्रबार प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंका नदीकिनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई लक्षित गर्दै जोखिमयुक्त बस्तीको दीर्घकालीन समाधान गरिने बताएका थिए ।