बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

शिक्षा मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।

गृहमन्त्रालयबाट सुधन गुरुङले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो।

आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै समसामयिक राजनीतिक तथा विकास निर्माणका मुद्दाहरूमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री शाहले मुलुकको सुशासन र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा केही महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ ।