
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादका बीच रास्वपा सभापति रवि लामिछाने लाई भेट्न उनका बूढानीलकण्ठस्थित निवास पुगेका छन्।
लगानीको स्रोत, बिचौलियाहरूसँगको सम्भावित साझेदारी तथा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल समूहसँग जोडिएको भनिएको लघु बीमा कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ यतिबेला विवादमा मुछिएका छन् ।
यस विषयमा उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उक्त सेयर ऋणमार्फत लिएको दाबी गरेका छन्। तर सम्पत्ति विवरणमा उक्त लगानी नदेखाएको आरोपमा उनको आलोचना चर्किँदै गएको छ।
यही विवादका बीच उनी मंगलबार दिउँसो करिब १ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका हुन् । सार्वजनिक रूपमा राजीनामाको माग बढिरहेका बेला उनले पार्टी नेतृत्वसँग परामर्श गर्न भेट गरेको बुझिएको छ।
यसअघि सोमबार बेलुकी पौने ७ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र लामिछानेबीच पनि सोही निवासमा छलफल भएको थियो। आज गृहमन्त्री गुरुङ जानुअघि रास्वपा सांसद अमरेशकुमार सिंहले समेत लामिछानेलाई भेटेका थिए।










प्रतिक्रिया