गृहमन्त्री सुधनलाई तत्काल बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टको माग

1.3k
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिसँग नाम जोडिएको भन्दै गृहमन्त्री सुदन गुरुङलाई पदबाट हटाएर पक्राउ गर्न माग गरेको छ । साथै, उनीमाथि लागेका आरोपहरूको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा पनि जोड दिएको छ ।

प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पदमा बहाल रहँदै अनुसन्धान गर्न कठिन हुने र यसले न्यायिक प्रक्रियामै असर पार्न सक्छ ।’

मुभमेन्टले सरकारलाई मन्त्री नियुक्ति जस्तो संवेदनशील विषयमा गम्भीर हुन आग्रह गर्दै वर्तमान नेतृत्वले परिपक्वता, दूरदर्शिता र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने बताएको छ ।

त्यस्तै, ७६ जनाको बलिदानबाट आएको परिवर्तनको मर्मअनुसार दोषी ठहरिएका वा आरोपित व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यक्तिलाई पद, शक्ति वा राजनीतिक संरक्षण प्रदान गर्न नहुने स्पष्ट गरेको छ ।