काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी विरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

434
Shares

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार तिवारी, उनकी श्रीमती र छोरी विरुद्ध विशेष अदालतमा उक्त भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तिवारी परिवार विरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा रकम हिनामिना गरेको आरोप लगाएको छ ।

अख्तियारले श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०७३ सालमा प्राधिकरणमा नियुक्त भएका तिवारीको खातामा २५ करोड रुपैयाँमध्ये साढे १४ करोडको स्रोत खुलेको र बाँकी साढे १० करोडको स्रोत नखुलेका कारण भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जानकारी दिइएको छ ।