लुम्बिनी विकास बैंकले सातै प्रदेशका करिब हजार विद्यार्थीलाई दियो वित्तीय साक्षरता

14
Shares

‘ग्लोबल मनि विक २०२६’ को अवसरमा लुम्बिनी विकास बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यलयहरुमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

त्यस अवसरमा वित्तीय अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा बिद्यार्थीहरुलाई बैंकले गर्ने कार्यहरु जस्तै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ्ग लगायतका विषयहरु समेटि विद्यालयहरुमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको बैंकले जनाएको छ ।

साथै, उक्त अवसरमा बैंकका शाखा कार्यालयहरुबाट वित्तीय जानकारी मुलक प्लेकार्डहरु प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो । ‘स्मार्ट मनी टक्स ‘ भन्ने नाराका साथ यो वर्ष (२०२६) को ग्लोबल मनि विक, १६ देखि २२ मार्चमा युवा बिद्यार्थीहरुलाई लक्षित गरि बैंकले पनि सो कार्यक्रमहरु सम्पन्न गरको थियो । यसबाट बैंकिङ्ग प्रणाली सुदिृढ हुनुका साथै युवा विद्यार्थीहरुमा वित्तीय ज्ञानको विकास भएको विश्वास बैंकले लिएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।