
एजेन्सी । उत्तरी लन्डनमा यहुदी समुदायको एम्बुलेन्स सेवाका चारवटा एम्बुलेन्सहरूमाथि भएको आगजनीको हमलालाई यहुदीविरोधी घृणाजन्य अपराधका रूपमा अनुसन्धान भइरहेको मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।
लन्डन फायर ब्रिगेडलाई गोल्डर्स ग्रीनको हाइफिल्ड रोडमा बोलाइएपछि हत्जोलाका चारवटा एम्बुलेन्सहरू बलिरहेको अवस्थामा भेटिएका थिए ।
दमकल टोलीले सवारीसाधनभित्र रहेका धेरै सिलिन्डरहरू विस्फोट भएको र त्यसका कारण नजिकैको एउटा फ्ल्याटको झ्यालका सिसाहरू फुटेको बताएको छ ।
आगो नियन्त्रण गर्न ६ वटा दमकल र करिब ४० जना अग्निनियन्त्रकहरू पठाइएको थियो ।
सावधानीका लागि नजिकैका घरहरू खाली गराइएको थियो र करिब ३० जनालाई स्थानीय आश्रयस्थलमा लगिएको छ ।
यस घटनामा कोही पनि घाइते नभएको र सबै आगो निभाइएको प्रहरीले जनाएको छ । हालसम्म यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन ।
हत्जोला ठूलो नाफारहित स्वयंसेवी यहुदी संस्था हो जसले मानिसहरूलाई निःशुल्क आकस्मिक चिकित्सा सेवा र अस्पतालसम्म पुर्याउने यातायात सुविधा प्रदान गर्छ ।








प्रतिक्रिया