गर्मी बढ्यो ? जोड्नुस् टीसीएलका ‘सिलिङ क्यासेट’ एसी (विशेषतासहित)

56
Shares

काठमाडौं । नेपालमा गर्मीको पारो चढ्दै जाँदा घर, कार्यालय र व्यावसायिक स्थलहरूमा सहज र सन्तुलित शीतलता (कुलिङ) को आवश्यकता बढ्दै गएको छ । यस्तो बेलामा सीजी इलेक्ट्रोनिक्सले ल्याएको टीसीएलका उन्नत ‘सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर’ को माग बढ्ने देखिएको छ ।

यी एसीहरूले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ । छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८-वे एयर आउटलेट प्रणालीले कोठाको चारैतिर समान रूपमा हावा वितरण गर्छ ।

यसमा रहेको इन्भर्टर प्रविधिले ऊर्जा बचत गर्ने र अल्ट्रा-लो नोइज डिजाइनले शान्त सञ्चालन सुनिश्चित गर्छ । साथै, स्वच्छ हावाका लागि यसमा ‘हेल्दी फिल्टर’ जडान गरिएको छ । प्रयोगकर्ताको सहजताका लागि यसमा बिल्ट-इन वाटर पम्प, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, टाइमर र पावर-डाउन मेमोरी जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् ।

टीसीएलका यी एसीहरू १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन् । यसले गर्दा अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला व्यावसायिक स्पेसहरूका लागि यो प्रभावकारी समाधान बन्ने देखिएको छ ।

नेपालमा टीसीएल ब्रान्डका सिलिङ क्यासेट र वाल माउन्ट स्प्लिट एसीहरू कुलिङका लागि लोकप्रिय विकल्प मानिन्छन् । एसीका साथै टीसीएलका वासिङ मेसिन, वाटर डिस्पेन्सर, रेफ्रिजेरेटर, टिभी र अडियो सिस्टम जस्ता होम अप्लायन्सहरू पनि नेपाली उपभोक्तामाझ लोकप्रिय रहेका छन् ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा टीसीएल ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनी हो । कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई आधुनिक र सहज बनाउँदै आएको छ ।

Skip This