इरानका शीर्ष अधिकारी अली लारिजानी मारिएको इजरायलको दाबी

245
Shares

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले रातभर गरेको आक्रमणमा लारिजानीको हत्या भएको दाबी काट्जले गरेका हुन् । तेहरानले ती उच्च अधिकारीको मृत्युको पुष्टि गरेको छैन ।

इजरायली सेनाले इरानको बसिज अर्धसैनिक बलका कमान्डर गोलामरेजा सोलेमानी र उक्त समूहका अन्य उच्चपदस्थ सदस्यहरूलाई पनि मारेको जानकारी दिएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार, तेहरानले प्रहार गरेका मिसाइलहरू पश्चिम जेरुसेलमस्थित इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट केही मिटर मात्र टाढा खसेका थिए ।

यसैबीच, विश्वव्यापी तेलको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुगेको छ जुन इरान युद्ध सुरु हुनुभन्दा अघिको तुलनामा ४० प्रतिशतले बढी हो । यसले गहिरो ऊर्जा संकटको त्रास पैदा गरेको छ ।