नेपालका कुन ‘पाँच तारे’ होटेलमा एक रात बस्न कति खर्च लाग्छ ?



काठमाडौं । पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ । ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन् ।

होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु आकर्षित हुने गरेको निर्माणधीन म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले पनि पछिल्लो समय होटेलमा लगानी बढाइरहेका छन् ।

तारे होटेलमा खोल्ने विषय त शानको विषय हो भने त्यहाँ बस्नु त झन शानको विषय हो । किनभने सुविधासम्पन्न होटेलमा बस्न पनि निकै खर्च लाग्छ ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटेलमै हुने गरेको छ ।

पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटेलमा बढी गर्ने गरेका छन् । सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सबैमा हुने गरेको छ । हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द अवस्थामा छन् ।

कुन पाँच तारे होटेलमा एक दिन बस्न कति खर्च लाग्छ ?

होटेल सोल्टी

नेपालमा सबैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको हो । नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधा छन् ।

धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन । तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपैयाँ तिर्ने हो भने बस्न सकिन्छ । सबैभन्दा सस्तो रुम १३ हजार ३ सय ४५ रुपैयाँबाट सुरु हुने उक्त होटलमा ५० हजार रुपैयाँ पर्ने रुम समेत रहेको छ ।

साँग्रिला होटल

काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो । सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सबै प्रकारका सुविधाहरु पाउन सकिन्छ । साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ ।

एक एन्ड यति

काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो । सबै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्छ । होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन् ।

र्याडिसन होटल काठमाडौं

लाजिम्पाट स्थित र्याडिसन चेन होटल हो । सबै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ ।

हायत होटल

हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ । नेपालको लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो ।

होटल अन्नपूर्ण

दरबारमार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो । सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।

होटल मल्ल

काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो । सदाबाहार भरिभराउ हुने उक्त होटलमा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेका छन् । पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।

होटल ग्रान्ड पोखरा

पाँच तारे होटल ग्रान्ड पोखराको एक मात्र पाँच तारे होटल होटल हो । फुलबारी होटल बन्द भएपछि पोखारामा एउटा मात्रै पाँच तारे होटल रहेको छ । काठमाडौंबा पाँच तारे भन्दा केही सस्तो रहेको भएपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने रहेको छ । होटलको एकरातको पर्यटकका लागि ७ हजार ४ सय ६९ रुपैयाँ रहेको छ ।


पुष्प दुलाल