
काठमाडौं । अनलाइन राइड हलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ आयोजना गरी आफ्ना उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच क्याब र मोटरबाइक (मोटो) श्रेणीका ८० जना ड्राइभरहरूलाई पुरस्कृत गरिएको हो ।
इनड्राइभमा ५ वर्ष र ३ वर्षदेखि निरन्तर सेवा दिइरहेका तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता र समर्पणको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । समारोहमा अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थिति रहेको थियो भने इनड्राइभका प्रतिनिधिहरू सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले विजेताहरूलाई सम्मान हस्तान्तरण गरेका थिए ।
सम्मानित हुनेहरूमा क्याब र मोटो दुवै विधाका पुरुष तथा महिला ड्राइभरहरू रहेका छन् । कार्यक्रममा बोल्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर र यात्रुबीचको आपसी विश्वास नै इनड्राइभको मुख्य आधार रहेको बताइन् । यसैगरी, एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्तोले इमान्दारिता र उत्कृष्ट सेवा जस्ता मूल्यहरूले नै नेपालमा प्लेटफर्मको विकासलाई परिभाषित गर्ने उल्लेख गरे ।







प्रतिक्रिया