बढ्दो वायु प्रदूषणबाट बच्न प्रयोग गर्न सकिन्छ माइडियाका एयर प्युरिफायर

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढ्दै गएको छ । काठमाडौंको वायु गुणस्तर सूचकांक २०० को आसपास पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएको छ । वायुको गुणस्तर मापदण्ड अनुसार ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिए तापनि हालको अवस्था ‘अत्यधिक संवेदनशील र अस्वस्थकर’ श्रेणीमा रहेको छ । बाहिरी प्रदूषण नियन्त्रण गर्न कठिन भए पनि घर र कार्यालयभित्रको वातावरणलाई स्वच्छ राख्न अहिले एयर प्युरिफायरको आवश्यकता खड्किएको छ ।

यस्तोमा विश्वप्रसिद्ध ब्रान्ड माइडियाले नेपालमा उपलब्ध गराएका दुई आधुनिक र उच्च क्षमतायुक्त एयर प्युरिफायर उपयुक्त हुने कम्पनीको दाबी छ । यी प्युरिफायरले घरभित्रको हावालाई शुद्धीकरण गरी स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्दछन् ।

कम्पनीसँग ठूला र साना कोठाका लागि भिन्दाभिन्दै प्युरिफायर उपलब्ध छन् । ठूला कोठाको लागि बनाइएको मोडेल विशेष गरी ६६ वर्ग मिटरसम्मका ठूला हल, बैठक कोठा वा अफिसका लागि डिजाइन गरिएको हो । यसमा रहेको ‘स्मार्ट एआई मोड’ले कोठाको प्रदूषण स्तर निरन्तर निगरानी गर्छ र हावा सफा भएपछि स्वतः गति कम गरी ऊर्जा बचत गर्छ । यसमा मेडिकल-ग्रेडको फिल्टर प्रयोग गरिएको छ, जसले पीएम २.५ जस्ता सूक्ष्म हानिकारक कण, धुलो र पाल्तु जनावरको रौंलाई ९९.९७ प्रतिशतसम्म फिल्टर गर्छ । यसको अर्को मुख्य विशेषता ‘प्लाज्मा स्टेरिलाइजेसन’ प्रविधि हो, जसले हावामा रहेका हानिकारक ब्याक्टेरिया र भाइरसहरूलाई नष्ट गरी कीटाणुरहित हावा प्रदान गर्छ ।

साना कोठाका लागि बनेको प्युरिफायर ५५ वर्ग मिटरसम्मका बेडरूम वा साना अपार्टमेन्टका लागि उपयुक्त छन् । ३८० m³/h को स्वच्छ हावा प्रवाह दर भएको यो प्युरिफायरले निकै शान्त रूपमा (न्यूनतम ३० डेसिबल आवाजमा) कार्य गर्दछ । यसमा रहेको नेगेटिभ आयन जेनेरेटरले हावामा रहेको दुर्गन्ध र धुवाँलाई हटाउन मद्दत गर्छ। यसमा पनि सुरक्षाका लागि उच्च गुणस्तरको फिल्टर र एक्टिभ कार्बन फिल्टरको संयोजन रहेको छ ।

माइडियाका यी दुवै प्युरिफायरहरूमा हावाको गुणस्तर तत्काल देखाउने ‘एयर क्वालिटी इन्डिकेटर’, फिल्टर फेर्ने समय भएको जानकारी दिने ‘लाइफस्पान इन्डिकेटर’, र आवश्यकता अनुसार समय सेट गर्न मिल्ने ‘टाइमर फंक्सन’ जस्ता सुविधाहरू छन् ।

नेपालमा चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले यी उत्पादनहरू भित्र्याएको हो । विगत चार दशकदेखि नेपाली बजारमा विश्वासिलो सेवा दिँदै आएको सिजी इलेक्ट्रोनिक्सका देशभर रहेका शोरुम र सेवा केन्द्रहरूबाट यी प्युरिफायरहरू सजिलै खरिद गर्न सकिन्छ । प्रदूषणको जोखिमबाट बच्न र घरभित्र सुरक्षित हावा सुनिश्चित गर्न माइडियाका यी उपकरणहरू भरपर्दो विकल्प सावित हुने कम्पनीको विश्वास छ ।