
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले निर्वाचन अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
उक्त विवरणअनुसार यातायात तथा इन्धन खर्चमा सबैभन्दा बढी २ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ। यस्तै खाना तथा खाजा व्यवस्थापनमा १ लाख ९६ हजार रुपैयाँ, प्रचार सामग्री (ब्यानर तथा झण्डा) खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको देखिन्छ।

त्यस्तै गोष्ठी तथा सभा व्यवस्थापनमा ८० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, प्रचार सामग्री स्टिकर खरिदमा ५५ हजार रुपैयाँ तथा घरदैलो प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसैगरी मतदाता प्रशिक्षण तथा खाजा खर्चमा १४ हजार २०० रुपैयाँ, हवाइ खर्च १३ हजार ६२६ रुपैयाँ र मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
रविले रास्वपा वरिष्ठ नेता बालेन शाहको भन्दा कम चुनावी खर्च गरेका हुन् ।
बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका हुन् ।
बालेनले गरेको यस्तो चुनावी खर्चमा जम्मा ५८ जनालाई खाजा खुवाएको उल्लेख छ । यस्तो खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ रहेको छ ।
बालेनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय , ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडानमा १५ दिन गरिएको प्रचारको कार्यक्रममा भएको खर्च ५ लाख ८० हजार भएको उल्लेख छ ।
उनले नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको पनि विवरण बालेनले निर्वाचन आयोगमा बुझाएका छन् ।
बालेनले झापा ५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई हराएका छन । वालेन झापा ५ बाट ६८ हजार ३४८ मतका साथ विजयी भएका छन् ।







प्रतिक्रिया