
काठमाडौं । झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ऐतिहासिक सानदार जित निकालेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) ले सम्नुनत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको उल्लेख गरेका छन् ।
नारी दिवसको अवसरमा समाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्की, श्रीमती सविना काफ्ले लगायत ३ जनाको तस्बिर राख्दै बालेनले संस्कृत श्लोक ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥’ ‘अर्थात जहाँ महिलाहरूको सम्मान र आदर गरिन्छ, त्यहाँ देवताहरू प्रसन्न हुन्छन् (देवताको वास हुन्छ)। तर जहाँ महिलाहरूको सम्मान गरिँदैन, त्यहाँ गरिएका सबै कर्म वा कामहरू फलहीन हुन्छन्’उल्लेख गरेका छन् ।

बालेनले लेखेका छन्, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥’ नारी जननी, अभिभावक अनि साथी। समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु ।’








प्रतिक्रिया