
काठमाडौं । पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको मतगणना अन्तिम चरणतर्फ मोडिएको छ । त्यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो विवरण अनुसार, एमालेका नारायणप्रसाद आचार्य १४ हजार १ सय ४ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई कांग्रेसका सन्दीप रानाले १३ हजार ४ सय ६४ मतका साथ पछ्याइरहेका छन् ।
आचार्य र रानाबीचको मतान्तर ६ सय ४० मात्र रहेको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त १० हजार ८ सय ९३ मतसहित तेस्रो स्थानमा छन् ।
अब मात्र ७ वटा वडाको गणना बाँकी रहेकाले नतिजा झन् रोचक बन्दै गएको छ ।








प्रतिक्रिया