
काठमाडौं । रोल्पाबाट वर्षमान पुन प्रतिनिधिसभा सदस्य बनेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनले २७ हजार ४६० मत प्राप्त गरेका हुन् ।
पुनले नेपाली कांग्रेसका सुदन कुमार वलीलाई १५ हजार ४५२ मतान्तरले पराजित गरे । वलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बलराम थापा तेस्रो स्थानमा सीमित भए । थापाले १० हजार ८९४ मत प्राप्त गरे । नेकपा एमालेका गोकुल प्रसाद घर्तीले ९ हजार ९३३ मत ल्याए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार चूडामणि वलीले ३ हजार ७१४ मत प्राप्त गरे ।
यसअघि पनि पुन रोल्पाबाट पटकपटक निर्वाचित हुँदै आएका छन् ।








प्रतिक्रिया