सम्पूर्ण अपडेट

सुर्खेत–२ मा रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित, कांग्रेसका कोइराला पराजित

133
Shares

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेशकुमार सापकोटा भारी मतान्तरले विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, सापकोटाले ३० हजार ८ सय ४२ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालालाई १४ हजार ४ सय ६४ मतको फराकिलो अन्तरले पराजित गरे ।

कोइरालाले १६ हजार ३ सय ७८ मत मात्र प्राप्त गरे ।