सम्पूर्ण अपडेट

पाँच वर्षे कार्याकाल निर्विध्न सफल होस् भन्दै केपी ओलीले दिए बालेनलाई बधाई

658
Shares

काठमाडौं । आगामी ५ वर्षे कार्याकाल निर्विध्न सफल होस् भन्दै एमालेका अध्यक्ष तथा झापा ५ बाट प्रतिस्पर्धा गरेका केपी ओलीले बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।

बालेनले ओलीलाई अत्यधिक बहुमतले पराजित गरेका छन् । झापा ५ बाट बालेनले ओलीलाई ५० हजार मतान्तरले पराजित गरेका छन् ।

बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन् ।

बालेनले जित हासिल गरेपछि ओलीले सामाजिक सञ्जालमा यस अघि उपहार दिएको तबलाको फोटो राख्दै भनेका छन्, ‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई १ तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना ।’