सम्पूर्ण अपडेट

ओलीलाई करिब ५० हजार भोटले पछि पार्दै झापा-५ मा बालेन निर्वाचित

77
Shares

झापा–५ मा बालेन्द्र शाहको ऐतिहासिक जित, केपी ओलीलाई ठूलो मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह भारी मतान्तरसहित विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ६ हजार ३७२ मत खसेको थियो।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार रास्वपाका बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै प्राप्त गरे।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ८२१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारले १ हजार ४६१ मत पाएका छन्।

यससँगै शाहले एमाले अध्यक्ष ओलीलाई झण्डै ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ऐतिहासिक जित हासिल गरेका हुन्।