सम्पूर्ण अपडेट

ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की ठूलो मतान्तरसहित निर्वाचित

98
Shares

काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छिन् ।

शनिबार सम्पन्न मतगणनामा कार्कीले ४३ हजार ९६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए भने नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत पाए ।