
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कम्तीमा ६ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका छन् ।
सबैभन्दा धेरै मत सोविता गौतम ले चितवन ३ बाट प्राप्त गरेकी छन्। उनले ५९ हजार २७७ मत ल्याउँदै स्पष्ट जित हात पारिन् । उनकी प्रतिस्पर्धी रेनु दाहाल ले २० हजार ६१५ मत प्राप्त गरिन्। यससँगै गौतमले ३८ हजार ६६२ मतको फराकिलो अन्तरले विजय हासिल गरेकी हुन्।
यसैगरी रुपन्देही ३ बाट रास्वपाका डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका थिए।
रुपन्देहीकै रुपन्देही २ मा रास्वपाका सुलभ खरेल ले ५६ हजार ५५० मत प्राप्त गर्दै जित दर्ता गरे। उनका प्रतिद्वन्द्वी विष्णु प्रसाद पौडेल ले १२ हजार ८६१ मत पाए। यस क्षेत्रमा खरेलले ४३ हजार ६८९ मतको अन्तरले विजय हासिल गरेका हुन् ।
यसैबीच मोरङ ६ बाट रास्वपाकी रुविना आचार्य ले ५५ हजार ५१३ मत ल्याउँदै निर्वाचित भइन्। उनले कांग्रेस नेता डा. शेखर कोइराला लाई पराजित गरिन्। कोइरालाले १२ हजार ८५० मत पाए, जसअनुसार दुवैबीच ४२ हजार ६६३ मतको अन्तर रह्यो।
रास्वपा सभापति रवि लामिछाने ले पनि ५० हजारभन्दा बढी मतसहित विजय हासिल गरेका छन्। उनले चितवन २ बाट ५४ हजार ४०२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मीना खरेल ले १४ हजार ५६४ मत पाइन्, जसले गर्दा लामिछानेले ३९ हजार ८३८ मतको फराकिलो अन्तर कायम गरे ।
यस्तै काभ्रे २ बाट निर्वाचित बदनकुमार भण्डारी पनि ५० हजारभन्दा बढी मत ल्याएर विजयी हुने रास्वपा उम्मेदवारमध्ये परेका छन्। उनले ५३ हजार ३४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मधुप्रसाद आचार्य ले १७ हजार ८६८ मत पाए। दुवैबीचको मतान्तर ३५ हजार ४७६ रहेको छ।








प्रतिक्रिया