सम्पूर्ण अपडेट

झापा-५ मा ओली ३१ हजार मतले पछि

427
Shares

झापा । यस पटकको आम निर्वाचनमा देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।

बालेनले पछिल्लो मत परिणाम अनुसार ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष ओली भने बालेनभन्दा ३१ हजार ११६ मतको विशाल अन्तरले पछि परेका छन्। ओलीले हालसम्म ११ हजार ४२७ मत मात्र प्राप्त गरेका छन्।
पछिल्लो मत परिणामको विवरण:
बालेन शाह (रास्वपा): ४२,५४३ मत
केपी शर्मा ओली (नेकपा एमाले): ११,४२७ मत
समीर तामाङ (श्रम संस्कृति पार्टी): ७,१०७ मत
मन्धरा चिमरिया (काँग्रेस): १,२०२ मत
रञ्जित तामाङ (नेकपा): ९११ मत
एमालेको गढ मानिने झापा-५ मा बालेनले सुरुवाती गणनादेखि नै कायम गरेको यो अग्रतालाई राजनीतिक वृत्तमा ठूलो ‘उलटफेर’का रूपमा हेरिएको छ। काठमाडौँमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई लोभलाग्दो कार्यसम्पादन गरेका बालेनलाई यस पटक रास्वपाले ‘भावी प्रधानमन्त्री’को रूपमा अघि सारेको थियो।
गत फागुन २१ गते सम्पन्न मतदानपछि बिहीबारदेखि सुरु भएको मतगणनामा बालेनले झापाका ग्रामीण र सहरी दुवै क्षेत्रबाट उल्लेख्य समर्थन प्राप्त गरिरहेका छन्। यो नतिजाले नेपाली राजनीतिमा स्थापित पुराना शक्तिहरूलाई ठूलो चुनौती दिएको विश्लेषण गर्न थालिएको छ।