
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा विभिन्न प्रदेशमा दलहरूको विजयी र अग्रताको अवस्था फरक–फरक देखिएको छ । हालसम्म भएको मतगणनाको सार्वजनिक विवरणअनुसार धेरै प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता बनाएको छ।
कोशी प्रदेशमा रास्वपा २ स्थानमा विजयी हुँदै १३ स्थानमा अग्रतामा रहेको छ । श्रम संस्कृति पार्टी ५ स्थानमा अग्रतामा छ भने नेकपा एमाले ४ स्थानमा अगाडि छ । नेपाली कांग्रेसले १ स्थान जित्दै २ स्थानमा अग्रता बनाएको छ ।
मधेश प्रदेशमा रास्वपा ४ स्थानमा विजयी भइसकेको छ भने २६ स्थानमा अग्रता कायम गरेको छ। यहाँ नेकपा एमाले र नेपाली कांग्रेस दुबै २–२ स्थानमा अग्रतामा रहेका छन् ।
बागमती प्रदेशमा रास्वपा १३ स्थानमा विजयी हुँदै १५ स्थानमा अग्रता बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी ३ स्थानमा अग्रतामा रहेको छ भने नेकपा एमाले १ स्थानमा अगाडि छ । नेपाली कांग्रेसले १ स्थान जितेको छ ।
गण्डकी प्रदेशमा रास्वपा ६ स्थानमा विजयी हुँदै ७ स्थानमा अग्रतामा छ । नेपाली कांग्रेसले २ स्थान जितेको छ भने नेकपा एमाले २ स्थानमा अग्रतामा छ । स्वतन्त्र उम्मेदवारले १ स्थान जितेका छन्।
लुम्बिनी प्रदेशमा रास्वपा ४ स्थानमा विजयी हुँदै १७ स्थानमा अग्रतामा रहेको छ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी दुबै १–१ स्थानमा विजयी हुँदै १–१ स्थानमा अग्रतामा छन्। नेपाली कांग्रेस १ स्थानमा अग्रतामा रहेको छ।
कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी १ स्थानमा विजयी हुँदै ४ स्थानमा अग्रतामा छ। नेपाली कांग्रेस १ स्थानमा विजयी भई २ स्थानमा अग्रतामा रहेको छ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपा १–१ स्थानमा अग्रतामा छन्।
सुदूरपश्चिम प्रदेशमा रास्वपा १ स्थानमा विजयी हुँदै १ स्थानमा अग्रतामा छ। नेपाली कांग्रेस ४ स्थानमा अग्रतामा रहेको छ भने नेकपा एमाले १ स्थानमा विजयी हुँदै १ स्थानमा अग्रतामा रहेको छ।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदा दलहरूको स्थिति थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।








प्रतिक्रिया