सम्पूर्ण अपडेट

रौतहट–१ को मतगणना सुरु, माधव नेपालले के गर्लान् ?

210
Shares

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहटको क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।

प्रतिनिधि आउन ढिला गरेपछि रोकिएको उक्त क्षेत्रको मतगणना अहिले साढे १० बजेबाट सुरू भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले रौतहट १ अन्तर्गत गरुडा नगरपालिकाको १ नम्बर वडा र गढीमाइ नगरपालिकाको ६ र ७ नम्बर वडाको मत पेटीका खोलिएको छ ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको नेता माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा छन् । उक्त क्षेत्रमा एमालेका अजयकुमार गुप्ता, कांग्रेसका अनिल कुमार झा, रास्वपाका राजेश कुमार चौधरी लगायत चुनावी प्रतिस्पर्धामा छन् ।