सम्पूर्ण अपडेट

मोरङ ३ मा माटोको अग्रता, सुनिल शर्मा पछिपछि

980
Shares

काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो।