सम्पूर्ण अपडेट

रूपन्देही ४: एमालेका प्रमोद यादवलाई सुरुवाती अग्रता

224
Shares

बुटवल । रुपन्देही ४ मा नेकपा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मतका साथ अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनलाई नेपाली कांग्रेसका आशुतोष मिश्रले २२४७ मतले पछ्याइरहेका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँ १८३० मतसहित तेस्रो स्थानमा छन् ।

५१० मत बदर भएको यस क्षेत्रमा गणना जारी छ । यादव यसअघि कांग्रेसबाट उम्मेदवार रहेकामा २०७४ मा जितेका थिए भने २०७९ मा पराजित भएका थिए ।