शान्तिपूर्ण मतदान सम्पन्न भएको भन्दै ओलीले सबैलाई दिए ‘धन्यवाद’

0
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आम रूपमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।

बिहीबार साँझ मतदान प्रक्रिया समापन भएलगत्तै एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद दिए ।

आफ्नो सन्देशमा उनले भनेका छन्, ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद ।’

अध्यक्ष ओलीले आजै भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन् ।