धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान

21
Shares

धनुषा । धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिए । सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता थिए ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । नेपाली सेनाद्वारा निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको जनाइएको छ ।

सर्वदलीय सहमति गरी आजैदेखि मतगणना सुरु गर्ने तयारी भएको जनाइएको छ ।