सम्पूर्ण अपडेट

डेढ अर्ब रुपैयाँ लगानीमा पश्चिमाञ्चल चिनी उद्योग बन्दै

553
Shares

काठमाडौं । बर्दियाको गुलरियामा डेढ अर्ब रुपैयाँ लगानीमा पश्चिमाञ्चल सुगर इन्डस्ट्रिज बन्ने भएको छ । कम्पनीले दैनिक ३ हजार टन ऊखु प्रशोधन गर्ने लक्ष्यसहित उद्योग निर्माण गर्ने भएको हो ।

सन् २०२४ को सेप्टेम्बरमा दर्ता भएको उद्योगले ऊखु प्रशोधनपछि उत्पादन भएका वस्तुको पनि कारोबार गर्ने जनाएको छ । कम्पनीले उद्योग निर्माणका लागि ५७ः४३ को लगानी अनुपात राखेको छ । कम्पनीका अनुसार हालसम्म कर्जाको व्यवस्थापन भइसकेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीको हालसम्म ३३ प्रतिशत वित्तीय प्रगति भएको छ । कम्पनीका अध्यक्ष शिखर श्रेष्ठ हुन् ।