चुनाव अपडेट: ४ बजेसम्म करिब ८८ लाख भोट खस्यो

154
Shares

काठमाडौं । देशभर दिउँसो ४ बजेसम्म करिब ८८ लाख मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका १६५ निर्वाचन क्षेत्रमा जारी रहेको छ । निर्वाचन आयोगका अनुसार देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा शान्तिपूर्वक मतदान भइरहेको छ ।

सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार दोलखा बाहेक अन्य स्थानमा मतदान शान्तिपूर्वक भइरहेको छ ।

मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ।