
दोलखा । मतदानका क्रममा विवाद भएपछि दोलखाको मालु मतदानस्थलमा प्रहरीले हवाई फायर गरेको छ । मतदान प्रक्रिया चलिरहेका बेला राजनीतिक दलका कार्यकर्ताबीच विवाद र झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको हो ।
तामाकोशी गाउँपालिका-४ मालुमा मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको छ । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।








प्रतिक्रिया