
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित सहमहामंत्री एवम केन्द्रीय सदस्य भूपदेव शाहले अछामको मंगलसेन नगरपालिकामा मतदान गरेका छन् ।
शाहले मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालय (राधामावि) मा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उक्त मतदान केन्द्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको मत महत्वपूर्ण हुने बताए । उनले सबै मतदातालाई निर्भय र उत्साहका साथ मतदानमा सहभागी हुन पनि आग्रह गरे ।
हाल शाह राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् । निर्वाचनलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट तथा छलफलमा उनी सक्रिय रहेका छन् ।








प्रतिक्रिया