इजरायलले इरानलाई टुक्र्याउन खोजेको राष्ट्रिय सुरक्षा प्रमुखको दाबी

329
Shares

एजेन्सी । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इजरायलले इरानलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

इजरायली शासनसँग आफ्नो अस्तित्व रक्षाका लागि ठूला देशहरूलाई विभाजन गर्नु बाहेक अर्को विकल्प नरहेको सरकारी समाचार एजेन्सी फार्सद्वारा प्रकाशित एक विज्ञप्तिमा लारिजानीले भनेका छन् ।

लारिजानीले ट्रम्पलाई लुटको निकृष्ट प्रतीकको रूपमा पनि चित्रण गरे र उनीमाथि इरानको स्रोतसाधन कब्जा गर्न खोजेको आरोप लगाए ।

‘अमेरिका र इजरालको शासनले इरानी राष्ट्रको हृदय जलाएका छन् र हामी पनि उनीहरूको हृदय जलाउनेछौं,’ उनले थपे ।

Skip This