
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट १ खर्ब १ खर्ब १० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् आइतबार एकैदिन १ खर्ब १० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।
तरलता प्रशोचन गर्ने केन्द्रीय बैंकले बैंकहरूसँग प्रस्ताव माग गरेको छ । ८७ दिनको लागि निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्न बैंकहरूसँग प्रस्ताव माग गरेको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरूले न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले निशेष भाग जानेगरी कुल आह्वान रकमसम्मको प्रस्ताव पेश गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरुले राष्ट्र बैंक बाहेक अन्य बैंकहरुमा त्यसलाई धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
पछिल्लो ३ आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गरिरहेको छ । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले तरलता प्रशोचन गर्न उक्त वर्षको अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र पनि जारी गरेको छ । उक्त उपकरण मार्फत २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर नीतिग दरको नजिक राख्ने बताएको थियो । तर, केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसक्दा अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरको करिब मात्रै रहेको छ ।
निक्षेपकतो लुलनामा कर्जा विस्तार न्यून हुँदा तरलताको चाप बढ्दै गएको छ । जसले गर्दा निक्षेपको ब्याजदर निरन्तर घट्दै गएर अहिलेसम्मकै न्यून बिन्दुतर्फ झरेको छ । राष्ट्र बैंकको फागुन १४ गतेको तथ्यांक अनुसार अधिक तरलता भए पनि बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलता ८ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया