त्रिभुवन विमानस्थलबाट दैनिक ३५० वटा हवाई उडान, चुनावी माहोलले बढायो यात्रुको गतिविधि

133
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसतमा ३५० वटा हवाई उडान भइरहेको छ । विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौंबाट बाहिरिने औसत उडान १२४ र भित्रने सोही नै संख्यामा उडान भएको छ ।

अन्तर्राष्ट्रियमा पनि बाहिरिने ५० र स्वदेश भित्रने सोही नै संख्या गरेर औसत आन्तरिक दैनिक साढे २ सय र अन्तर्राष्ट्रिय उडान १ सय वटा रहेको छ ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको फेब्रुअरी महिनाको २५ दिनमा भएका कुल ८ हजार ७४६ वटा उडानमध्ये आन्तरिक उडान ६ हजार २३७ र अन्तर्राष्ट्रिय उडान २ हजार ५०९ वटा भएको छ । यस्तो उडानमा दैनिक उडान २५ फेब्रुअरीमा ३७५ वटा भएको छ । यो उडानमा फेब्रुअरी लागेपछि सबैभन्दा बढी २३ तारेखमा भएको देखिन्छ । उक्त दिन आन्तरिक २८७ र अन्तर्राष्ट्रिय १०५ उडान भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुुसार चुनावी महोल बढेसँगैका पछिल्ला दिनमा दैनिक १६ हजार यात्रु अन्तर्राष्ट्रिय उडानमा रहेका छन् । फागु १३ गतेको तथ्यांक अनुसार नेपाल भित्रनेको हवाई यात्रु ७ हजार ७४० जना छन भने उक्त दिन बाहिरिनेको संख्या ८ हजार ३९७ रहेको छ ।

अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु फागनु १२ मा १५ हजार ७१३ जना थिए । यी यात्रुमा ७ हजार ३४७ नेपाल भित्रदा ८ हजार ३६६ यात्रु बाहिरिएको देखिन्छ ।

आन्तरिक उडानमा पनि दैनिक १३ हजार ८ सय यात्रुले स्वादेशभित्रै यात्रा गरेका थिए । नियमित उडानमा रहेका स्वदेशी वायुसेवाले दैनिक दिएका यात्रु सेवामा काठमाडौंबाट बाहिरिने ६ हजार ९ सय छन भने भित्रने ७ हजार रहेको विमानस्थल कार्यालयले उपलब्ध गराएको फागनु १० को तथ्यांकले देखाएको छ ।