
काठमाडौं । राष्ट्र बैंकले मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग विस्तारका कारण विस्थापित व्यवसायीलाई राष्ट्र बैंकले कर्जा पुनरसंरचनाको सुविधा दिने भएको छ । मंगलाबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।
यस्तै परिस्थितिजन्य कारण कालोसूचीमा परेको ऋणीलाई केही सहजीकरण गर्ने घोषणा गरेको हो । ‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।








प्रतिक्रिया