
काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औ वार्षिक साधारण सभा एवं ९ औ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यसमितिमा पुन: प्रल्हाद दाहाल अध्यक्ष भएका छन्। समितिको वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल, महासचिव हेमचन्द्र खनाल चयन भएका छन् ।
कार्यसमितिको सचिव शिवहरी आचार्य, कोषाध्यक्ष शिवलाल भुषाल, उप महासचिव विजयप्रसाद चौरासिया, सह सचिव रमेश सञ्जेल, सहकोषाध्यक्ष आशिषकुमार बुढाथोकी चयन रहेका छन् । केन्द्रीय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा छन् ।
कार्यसमितिमा अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त केन्द्रीय सदस्य चयन भएका छन् ।








प्रतिक्रिया