
काठमाडौं । नेपाल कम्युष्टि पार्टी एमालेले आकर्षक नारासहितको घोषणापत्र ल्याएको छ । एमालेले आगामी चुनावबाट सरकारको नेतृत्व गर्न पाए विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
विद्यार्थीलाई २० लाख निब्याजी ऋण, पारिश्रमिकसहितको इन्टर्नशीप भन्ने नारा अगाडि सारेको छ । यस नारालाई पूरा गर्न एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँ रुपैयाँसम्मको ऋण उपलब्ध गराउने चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । एमालले सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय र अध्ययापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसीपको व्यवस्था गर्ने घोषणा गरेको छ ।
एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना निःशुल्क १० जीबी इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । एमालेले निर्वाचनपछि बन्ने सरकारको मन्त्रिपरिषद बैठकबाट तत्काल निर्णय गरेर समयसीमा तोकेरै युवा र उद्यमीलार्य १० हजार बजारबरको डलर कार्डको सुविधा दिने, १० लाख युवालाई रोजगारी दिने, वैदेशिक रोजगारीमा रहेका युवाले रेमिट्यान्स पठाउँदा खातामा वार्षिक ५ हजार बोनस दिने, सबै किशोरीलाई निःशुल्क प्याड र १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरेको छ ।
श्रमिकहरुको न्युनतम पारिश्रमिक २५ हजार पुर्याउने घोषणा गरेको छ । हाल श्रमिकको पारिश्रमिक १९ हजार ५ सय रहेको छ ।
स्वास्थ्य स्वयंसेविकालाई वार्षिक भत्ता २० हजार र सामाजिक सुरक्षाको सुविधा दिने पनि घोषणा गरेको छ ।
एमालेले महिला सशक्तिकरण प्याकेज ल्याउने र यसबाट महिलाई उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण दिने, २० हजार रुपैयाँ सुत्केरी पोषण भत्ता दिने, घर देखि अस्पतालसम्मको यातायात खर्च हाल पाएको भन्दा दोब्बर दिने र ५ लाख गर्भवती महिलाको निःशुल्क जीवन बिमा गर्ने भएको छ ।
विपन्न परिवारलाई राहत दिने गरी २०८२ भदौसम्म लिएको २५ हजार सम्मको ऋण मिनाहा गर्ने भएको छ । यसकालािग राज्यद्वारा गरीब परिवारको पहिचान भएकाहरुलाई यो सुविधा दिने भएको छ ।
एमालेले आधा दशकमा सय खर्ब र एक दशकमा २ सय खर्बको अर्थतनत्र बनाउने पनि उद्घोष गरेको छ ।









प्रतिक्रिया