काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको राजनीतिक महत्वाकांक्षा र कार्यशैलीप्रति टिप्पणी गरेकी छिन्।
सुनसरीको बराहक्षेत्र नगर संगठन कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले शाह केवल औसत र्यापर र इन्जिनियर भएको बताइन्।
नेतृ झाँक्रीले बालेन शाहको शैक्षिक योग्यता र पेशागत पृष्ठभूमिलाई लिएर प्रश्न उठाउँदै उनलाई नीतिगत र संस्थागत राजनीतिको ज्ञान नभएको आरोप लगाइन्।
उनले भनिन्, ‘एउटा औसत र्यापर, जसका चर्चित गीत पनि छैनन् र सी वा डी ग्रेडमा इन्जिनियरिङ पास गरेका व्यक्ति, जो लोकसेवामा नाम निकाल्न सक्दैनन्, उनी कसरी रातारात देशको प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छन् ?’
झाँक्रीले शाहको कार्यशैलीमाथि प्रहार गर्दै उनले सार्वजनिक बहस र सञ्चारमाध्यमबाट भाग्ने गरेको समेत आरोप लगाइन्।
‘जसले आँखामा आँखा जुधाएर कुरा गर्न सक्दैन, जो सार्वजनिक बहसबाट भाग्छ र एउटा सञ्चारमाध्यमलाई फेस गर्न सक्दैन, ऊ फेसबुकको दुई लाइन स्टाटसको भरमा कसरी मसिहा हुन सक्छ ?’ झाँक्रीले प्रश्न गरिन्।
उनले बालेन शाहले विगतमा सिंहदरबार जलाउने धम्की दिएको सन्दर्भलाई जोड्दै राज्यको तलब भत्ता खाने जिम्मेवार व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु लोकतन्त्र र संस्थागत राजनीतिका लागि खतरा भएको बताइन्।
‘सिंहदरबारको फोहोर नउठाउने र सिंहदरबार जलाउँछु भन्ने मान्छेलाई हामीले कसरी प्रधानमन्त्रीको रूपमा स्विकार्न सक्छौँ ? यो संस्थागत राजनीतिमाथिको प्रहार हो,’ उनले थपिन्।
रामकुमारी झाँक्रीले बालेन लक्षित गर्दै भनिन,’जो लोकसेवामा नाम निकाल्न सक्दैनन्, उनी कसरी प्रधानमन्त्रीको उम्मेदवार ?

प्रतिक्रिया