ट्रम्पले इरानमाथि सैन्य आक्रमणको आदेश देलान् ?

224
Shares

एजेन्सी । यो एउटा यस्तो धक्का हो जुन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकीहरूमाथि थोपर्न नचाहन सक्छन् ।

निकट भविष्यमै कुनै दिन उनीहरू इरानसँगको नयाँ युद्धको खबरसँगै बिउँझिए भने राष्ट्रपतिले एउटा यस्तो राष्ट्रमा ठूलो जुवा खेलिरहेका हुनेछन् जुन उनका चरम कदमहरूबाट थकित देखिन थालेको छ ।

मतदाताहरू मुख्य रूपमा अर्थतन्त्र र खाना तथा आवासको खर्च धान्न भइरहेको संघर्षका बारेमा चिन्तित रहेको सर्वेक्षणहरूले देखाउँछन् ।

तैपनि ट्रम्पले वर्षको सुरुवात लगभग अन्य सबै कुराहरूमा केन्द्रित भएर गरे । उनले भेनेजुएलाका तानाशाहलाई पदच्युत गरे, मिनेसोटामा आप्रवासी निष्काशनका लागि संघीय एजेन्टहरू पठाए जसका क्रममा दुई नागरिकको मृत्यु भयो र उनी फेरि निर्वाचन प्रणालीको निन्दा गर्नतर्फ लागेका छन् ।

र उनलाई सैन्यशक्ति प्रयोग गर्ने बानी पर्दै गएको छ । उनले सत्तामा फर्केको पहिलो वर्षमा इरान, इराक, यमन, सिरिया, नाइजेरिया, भेनेजुएला र प्रशान्त तथा क्यारिबियाली क्षेत्रमा लागूऔषध ओसारपसार गर्ने भनिएका डुंगाहरूमाथि आक्रमण गरेका छन् ।

यही एउटा कारण हो, प्रदर्शनकारीहरूमाथि दमन गरेकोमा इरानलाई सजाय दिने र यसको आणविक कार्यक्रम पुनर्गठन हुनबाट रोक्ने उनका धम्कीहरू प्रभावकारी देखिएका छन् । वाशिङटन र तेहरानका अधिकारीहरूबीच शुक्रबार ओमानमा वार्ता सुरु हुँदैछ ।

तर, समर्थन सूचकांक ४० प्रतिशतभन्दा तल झरेको अवस्थामा र रिपब्लिकनहरूका लागि पहिले नै निराशाजनक देखिएको मध्यावधि चुनावको वर्षमा ट्रम्पले इरानको बारेमा सामना गरिरहेका अत्यन्त कठिन सैन्य प्रश्नहरूसँगै आफ्नो कमजोर आन्तरिक स्थितिलाई पनि विचार गर्नुपर्नेछ ।

उनको अस्थिरताले वार्ताको दायरा फराकिलो बनाउने ट्रम्पको विश्वास छ । तैपनि इरानको नयाँ संकटका बीचमा उनले आफूले चाहे जस्तो स्पष्ट र सजिलो जीत कसरी हासिल गर्छन् भन्ने देख्न गाह्रो हुँदै गएको छ ।

इरानका धार्मिक नेताहरू अमेरिकासँगको युद्धको सम्भावनाबाट बच्न एउटा सम्झौता गर्न चाहन्छन् भनी राष्ट्रपति विश्वस्त छन् । उनले यस क्षेत्रमा ठूलो जलसैनिक बल भेला पारेका छन् र गम्भीर प्रहार गर्ने सैन्य विकल्पहरू उनीसँग छन् ।

यस सैन्य तैनाथीले कठोर कूटनीतिमा थप बल पुर्याएको छ ।

इरानीहरू टाको (ट्रम्प सधैं पछि हट्छन्) क्षणमा भर पर्न सक्ने छैनन् । ट्रम्पको विश्वव्यापी आक्रामकताले लक्ष्मणरेखा लागू गरेको छ । उनले आफ्नो पहिलो कार्यकालमा इराकमा इरानी सैन्य र गुप्तचर प्रमुख कासिम सुलेमानीको हत्या गर्ने साहसी कदम चालेका थिए । आफ्नो दोस्रो कार्यकालमा उनले इरानको आणविक केन्द्रहरू नष्ट गर्न अमेरिकी स्टेल्थ बमवर्षक विमानहरूलाई साहसी विश्व भ्रमणमा पठाए ।

ट्रम्प २१औं शताब्दीका अन्य कुनै पनि राष्ट्रपतिभन्दा बढी इरानी आन्तरिक राजनीतिमा होमिएका छन् । गत महिना भएको क्रूर दमनमा हजारौं मानिसको हत्या गरिएको थियो । त्यसपछि उनले धार्मिक शासनलाई आफ्नै नागरिकमाथिको निरन्तर आक्रमणका लागि परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

छोटकरीमा भन्नुपर्दा, ट्रम्पले तेहरानका नेताहरूसँगको आफ्नो पछिल्लो इच्छाशक्तिको परीक्षामा ठूलो व्यक्तिगत र भूराजनीतिक प्रतिष्ठा दाउमा लगाएका छन् ।

ट्रम्पका लागि यो दुर्लभ अवसरको फाइदा उठाउनु तर्कसंगत हुन सक्छ । अमेरिकासँगको ४५ वर्षे टकरावमा इरान कहिल्यै यति कमजोर भएको थिएन ।

इस्लामी क्रान्तिकारी शासनको भविष्य उत्तराधिकारीको संकटले धमिलो बनाएको छ जसले यसको स्थायित्वको आभालाई कमजोर पार्दैछ । वृद्ध आयातोल्लाह अली खमेनी सधैंभरि रहन सक्दैनन् ।

यसको राजनीतिक वैधताको संकट कहिल्यै यति चरम भएको थिएन । खाद्यान्न र पानीको अभाव र कठोर आर्थिक अवस्थाका बीचमा चरम निराशा र हताशाले प्रदर्शनकारीहरूलाई सडकमा उत्रन बाध्य बनाएको छ ।

गाजाको हमास र लेबनानको हिजबुल्लाह जस्ता इरानका क्षेत्रीय प्रोक्सीहरूले पहिले बाह्य आक्रमणविरुद्ध रक्षकको रूपमा काम गर्ने गर्थे । ती इजरायलसँगको युद्धमा ध्वस्त भएका छन् ।

यी तीन कारकहरूले इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको लागि तार्किक आधार सिर्जना गर्छन् । वाशिङटनका लागि मध्यपूर्व नीतिलाई सताउने, आफ्ना सहयोगीहरूलाई धम्की दिने र इराक युद्धका क्रममा आतंकवादी आक्रमण र मिलिसियाहरू मार्फत धेरै अमेरिकीहरूलाई मार्ने शासनलाई ढाल्ने यसभन्दा राम्रो समय अर्को हुन सक्दैन ।

यो अवसर धेरै समयसम्म नरहन सक्छ । ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले यो कदम चालेनन् भने आगामी वर्षहरूमा गुमेको अवसरको लागि पछुताउनुपर्ने हुन सक्छ ।

ट्रम्पले राष्ट्रपति कार्टर, रेगन, बुश सिनियर, क्लिन्टन, बुश जुनियर, ओबामा र बाइडनभन्दा माथि उठेर अमेरिकाको कट्टर शत्रुलाई पराजित गर्न सके भने इतिहासमा यस्तो स्थान पाउनेछन् जसलाई नकार्न सकिने छैन । बहालवाला राष्ट्रपतिको विरासतप्रतिको मोहलाई हेर्दा यो एक लोभलाग्दो सम्भावना हुनुपर्छ ।

एउटा यस्तो प्रशासनमा जहाँ राष्ट्रपतिको कार्यमा लगाइएका सबै प्रतिबन्धहरू हटाइएका छन्, यो ट्रम्पको अन्तर्ज्ञानमा निर्भर हुन सक्छ ।

‘सबैभन्दा महत्त्वपूर्ण छलफलहरू ती हुन् जुन राष्ट्रपति ट्रम्पको दिमागभित्र भइरहेका छन्,’ कार्नेगी इन्स्टिच्युट फर इन्टरनेशनल पीसका इरानविज्ञ करिम सदजादपुरले सोमबार सीएनएनकी बेकी एन्डर्सनलाई भने ।

‘मलाई लाग्छ, तपाईंले तीनवटा प्रमुख अवसरहरूमा उनको आफ्नै उदाहरणलाई हेर्नुभयो भने उनले सन् २०१८ मा इरानसँग जुवा खेले । उनले आणविक सम्झौता छोडे । सन् २०२० मा उनले इरानका शीर्ष सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरे ।

र पक्कै पनि गत जुन महिनामा उनले उनीहरूको आणविक स्थलहरूमा बमवर्षा गरे र यी सबै निर्णयहरू सही थिए भनी उनी विश्वास गर्छन् । अहिले इरान विगतको तुलनामा कमजोर छ किनभने उससँग कुनै वायु रक्षा प्रणाली छैन ।’

सदजादपुरले थप भने, ‘मलाई लाग्छ त्यो सन्दर्भ र इरानको नेतृत्वले उनलाई निरन्तर जिस्काइरहेको तथ्य र त्यहाँ कुनै ठूलो सम्झौता हुने सम्भावना नभएको कुराले यसलाई थप जटिल बनाएको छ । उनले गत जुन महिनामा इरानको आणविक कार्यक्रम नष्ट गरिदिए भने अर्को आणविक सम्झौता कसरी उनको अपेक्षित नतिजा हुन सक्छ भन्ने मलाई स्पष्ट छैन ।’

तर, सैन्य आक्रमणको साथ अगाडि बढ्नु कार्यान्वयन र अनिश्चित राजनीतिक परिस्थिति दुवैमा ठूलो जोखिमको साथ आउनेछ ।
इरानी शासनको अन्त्य गर्ने वा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स र बासिज अर्धसैनिक मिलिसियाको सैन्य क्षमतालाई ध्वस्त पार्ने गम्भीर प्रयासका लागि सम्भवतः धेरै दिनको हवाई अभियान आवश्यक पर्नेछ ।

नयाँ प्रदर्शनहरूलाई कुचल्ने इरानको क्षमतालाई कम गर्ने प्रयासले सर्वसाधारणको क्षतिको उच्च जोखिम निम्त्याउँछ किनभने दमनका धेरै संयन्त्रहरू नागरिक क्षेत्रमा अवस्थित छन् । ठूलो स्थलगत आक्रमणको अकल्पनीय सम्भावना बिना हालैको दमन सडकमा क्रूर हिंसाका साथ गरिएको बेला यस्तो प्रयास कत्तिको प्रभावकारी हुन सक्छ ?

प्राचीन फारसी सभ्यताको केन्द्र इरान सन् २००३ को अमेरिकी आक्रमणपछि विभाजित भएको इराकभन्दा बढी एकीकृत छ र त्यहाँ साम्प्रदायिक विभाजन कम छ । तर, प्रजातन्त्रमा फर्कने कुनै स्पष्ट मार्गको अभावमा सरकार ढल्यो भने शक्ति शून्यताको प्रभाव परीक्षण गर्न कोही पनि चाहँदैन ।

र ट्रम्पले मन पराउने र उनको मागा आन्दोलनको विदेशी दलदलमा नफस्ने मन्त्रसँग नबाझिने खालको छोटो र तीखो प्रहार तेहरानको धार्मिक शासन ढाल्न पर्याप्त नहुन सक्छ ।

तर, अनिश्चित नतिजाहरू भएको लामो सैन्य संलग्नताले अमेरिकीहरूको आफ्नो राष्ट्रपतिप्रतिको विश्वासको कडा परीक्षा लिनेछ । गलत दिशामा गएको युद्धले नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई गम्भीर असर पार्न सक्छ ।

गत महिना भेनेजुएलाका नेता निकोलस मदुरोलाई पदच्युत गरेपछि ह्वाइट हाउस वरपर अहंकारको भावना जम्मा भएको छ । तर, इरानी युद्धमा ठूलो संख्यामा अमेरिकी सैनिकको मृत्युले ट्रम्पको दोस्रो कार्यकालको सबै शक्ति र वैधतालाई प्रभावकारी रूपमा समाप्त पार्न सक्छ ।

हालैका साताहरूमा ट्रम्पको निकट सम्बन्ध रहेका अमेरिकाका खाडी सहयोगीहरूले इरानमाथि अमेरिकाको आक्रमणको परिणामबाट डराएको संकेतहरू पनि देखिएका छन् । इरानले छोटो दूरीको मिसाइल प्रहार गर्न सक्छ । तेहरानले क्षेत्रीय तेल पूर्वाधारलाई अपांग बनाउन प्रयास गर्न सक्छ । र लामो समयसम्मको अशान्तिले एआई र पर्यटन जस्ता लाभदायक नयाँ क्षितिजतर्फ अघि बढिरहेको क्षेत्रलाई झट्का दिन सक्छ ।

खमेनी मारिए भने अराजकता फैलिन सक्छ किनभने उनको देशले ४० वर्षभन्दा बढी समयदेखि कडा शासन बाहेक केही थाहा पाएको छैन भनी इरानका केही छिमेकीहरूलाई डर लागेको छ । धार्मिक नेताहरूको ठाउँमा त्यस्तै क्रूर तर बढी धर्मनिरपेक्ष शासन आउन सक्छ जसले आफ्नो क्षेत्रीय खतरालाई पुनर्गठन गर्न खोज्नेछ भनी अर्को सम्भावना छ ।

यो सबै युद्धको किनारबाट पछि हट्ने एउटा तर्क हो ।

तर, हप्तौंसम्म ट्रम्पकोे धम्कीपूर्ण बयानबाजीपछि इरानमाथि आक्रमण नगर्ने निर्णयले गत वर्ष आणविक स्थलहरूमा गरिएको आक्रमण र भेनेजुएलामा गरिएको आक्रमणबाट राष्ट्रपतिले आर्जन गरेको अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउन सक्छ ।

ट्रम्पका पूर्ववर्तीहरूले इरानमा प्रतिक्रान्तिलाई प्रोत्साहन गर्नबाट जोगिएका थिए किनभने उनीहरूले अमेरिकी प्रोक्सीको रूपमा हेरिने प्रदर्शनकारीहरू विरुद्ध अझ बढी कडा दमनको बहाना प्रदान गर्ने डर मानेका थिए । ट्रम्पसँग त्यस्तो कुनै हिचकिचाहट थिएन र तेहरानलाई दमनको लागि सजाय दिन अमेरिका तयार छ भन्ने उनको प्रतिज्ञाले सम्भवतः धेरै मानिसहरूलाई सडकमा उतारेको थियो ।

राष्ट्रपतिले आफ्नो कुरा पूरा गरेनन् भने अर्को विद्रोहको समयमा इरानका नेताहरू आफ्ना नागरिकहरूमाथि भयानक हिंसा गर्न अझ कम हिचकिचाउनेछन् ।

सैन्य समीकरणको जटिलतालाई हेर्दा प्रशासनले कूटनीतिक निकासको बाटो किन बन्द गरेको छैन भन्ने स्पष्ट छ । तर, ट्रम्पले इरानलाई प्रस्ताव गर्ने कुनै पनि सम्झौता उसले स्वीकार गर्न तयार हुनेछ भन्ने देख्न गाह्रो छ र यसको उल्टो पनि ।

विदेशमन्त्री मार्को रुबियोले ओमानमा हुने वार्ता अघि अमेरिकी लक्ष्यहरू प्रस्तुत गरे ।

‘तपाईं यी मानिसहरूसँग सम्झौतामा पुग्न सक्नुहुन्छ तर हामी पत्ता लगाउनेछौं भन्ने कुरा मलाई पक्का थाहा छैन,’ रुबियोले भने ।

म्प प्रशासन इरानको आणविक कार्यक्रममा केन्द्रित हुन चाहन्छ तर यसका साथै तेहरानको ब्यालिस्टिक मिसाइलको दायरा आतंकवादी संगठनहरूको प्रायोजन र आफ्ना जनताप्रतिको व्यवहारमा पनि केन्द्रित हुन चाहन्छ भनी उनले स्पष्ट पारे ।

इरान केवल आफ्नो आणविक कार्यक्रमको बारेमा छलफल गर्न इच्छुक रहेको सीएनएनले रिपोर्ट गरेको छ । गत वर्षको अमेरिकी आक्रमणपछि जुन अवस्थामा भए पनि इरान वार्ताका लागि इच्छुक छ । यो आश्चर्यजनक छैन किनकि यसको मिसाइल खतरालाई कम गर्ने सम्झौताले अमेरिका र इजरायलद्वारा भविष्यमा गरिने आक्रमणहरूलाई रोक्ने क्षमतालाई कमजोर पार्नेछ ।

युरेनियम संवर्धनमा कडाइको बदलामा उसले प्रतिबन्धहरूमा छुट खोज्नेछ जसले ट्रम्प टोलीलाई पूर्व राष्ट्रपति बाराक ओबामाले गरेको सम्झौता जस्तै सम्झौता गर्ने वा नगर्ने एउटा अप्रिय विकल्पमा छोड्नेछ । ओबामाले गरेको सम्झौताको उनीहरूले आलोचना गरेका थिए ।

ट्रम्पको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्नु र यसलाई ठूलो विजयको रूपमा प्रचार गर्नु एउटा विकल्प हो । उनले पहिला पनि यस्तो काम गरिसकेका छन् ।

यसले युद्धबाट थाकेका अमेरिकी मतदाताहरूलाई शान्त पार्न सक्छ । तर, यसले अमेरिकी प्रतिद्वन्द्वीहरूलाई पछि हटेको स्पष्ट सन्देश दिनेछ र ट्रम्पको विश्वव्यापी शक्तिशाली नेताको छविलाई धमिलो पार्नेछ ।

यसैबीच, तेहरानले सधैं गर्ने कुरा गर्न सक्छ । त्यो के भने, सम्झौताको सीमा परीक्षण गर्ने र अर्को अमेरिकी राष्ट्रपतिको प्रतीक्षा गर्ने ।

र केही हप्ताअघि मात्र मद्दत गर्ने प्रतिज्ञा गरेका इरानी जनताहरू सबै आशा मारिएको अवस्थामा एक क्रूर शासनको दमनकारी शासनमा फस्नेछन् ।

सीएनएन

Skip This