
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेलबाट शुक्रबार प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएपछि सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता रहेको छ । उनी दुई साताअघि मात्र हाजिरी जमानीमा रिहा भएका थिए ।
यसअघि ५ माघमा पनि प्रसाईं पोखराबाट पक्राउ परेका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।
त्यस्तै, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेल भएको भन्दै भ्रम फैलाएको आरोपमा समेत आयोगले कारबाहीका लागि साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
प्रसाईंमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया