यस्तो छ आजका लागि तरकारीको थोक मूल्य

112
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ३५ रुपैयाँ, आलु सेतो प्रतिकिलो २५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो ४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ७० रुपैयाँ, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १३० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १२० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १३० रुपैयाँ, तीते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ५० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, भिन्डी प्रतिकिलो ४५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ९० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ९० रुपैयाँ, चम्सुरको साग प्रतिकिलो ९० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३५० र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्युरो प्रतिकेजी ९० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकन्दर प्रतिकेजी ६० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो १३० रुपैयाँ, पार्सले प्रतिकिलो २२० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो १२० रुपैयाँ, गान्टेमूला प्रतिकिलो ७० रुपैयाँ, इमली प्रतिकिलो २०० रुपैयाँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) दर्जन २०० रुपैयाँ, केरा (मालभोग) २२० रुपैयाँ, कागती प्रतिकिलो २२० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १२० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १३० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिकिलो २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६० रुपैयाँ, खकटहर प्रतिकिलो ४५ रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो १६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० र लिची (लोकल) २५० रुपैयाँ, लिची (भारतीय) ३०० रुपैयाँ, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र नरिवल (हरियो) प्रतिकिलो १६० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ६० रुपैयाँ, भेडेखुर्सानी प्रतिकिलो ८० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १ रुपैयाँ,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।