
काठमाडौं । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सिटौलाको उपचारका क्रममा आइतबार निधन भएको हो ।
बालेनको चुनावी प्रचारमा सहभागि हुने क्रममा बेहोस भएपछि सिटौलालाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
तर, आइतबार भने उपचारकै क्रममा दिउँसो १२ः४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अस्पतालका अनुसार गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेको थिएन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको संकेत देखिएको थिएन ।
अस्पतालले बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिएको पनि उल्लेख गरेको छ ।











प्रतिक्रिया